९० वर्षका दुर्गप्रसाद : पञ्चायतदेखि अहिलेसम्म भोट हालियो,  देश बनाउने र नबनाउने जिम्मा उनीहरुकै

 बैशाख ३०, २०७९ शुक्रबार ८:११:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव अन्तर्गत मतदान भइरहेको छ । वृद्धवृद्धाको पनि उल्लेख्य उपस्थित छ  । उनीहरुलाई लाइन बस्न पर्दैन ।

सहजै मतदान गर्न पाएकोमा उनीहरु खुसी छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-५ को हाइ भ्यु स्कुल केन्द्रमा पनि बुढाबुढीले सहजै मतदान गरिरहेका छन्।

९० वर्षका दुर्गप्रसाद पौडेलले पनि भोट हाल्नुभयो । भोट हालेर बाहिर निस्किएका पौडेल खुसी देखिनुहुन्थ्यो । 'पहिले पहिले घन्टौँसम्म लाइन बस्नपर्थ्यो, अहिले त सबैले यता आउनुस बा भन्दै पालो मिलाइदिए, गाह्रो भएन' उहाँले भन्नुभयो ।

पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हालेको अनुभव दुर्गप्रसादसँग छ । 'पहिले कांग्रेस, गोर्खे दल भन्ने थोरै दल थिए, अहिले त कति हो कति ' उहाँको अनुभव छ । 

अहिलेसम्म कतिपल्ट भोट हालियो भन्ने उहाँलाई सम्झना छैन, तर देश विकसित बन्न नसकेको उहाँको दुखेसो छ । 'पञ्चायत कालदेखि अहिलेसम्म भोट हालियो, हाम्रो काम त भोट हाल्ने हो, देश बनाउने र नबनाउने जिम्मा उनीहरुकै हो' पौडेलले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया