गुल्मीमा ६३ प्रतिशत मत खस्यो, राति १० बजेदेखि गन्न थालिने

 बैशाख ३०, २०७९ शुक्रबार २०:९:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – पालिका चुनाव अन्तर्गत आज भएको मतदानमा गुल्मीमा ६३ दशमलव ६६ प्रतिशत मत खसेको छ । गुल्मीका जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकासहित १२ पालिकामा सम्पन्न मतदानमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माया कुँवरले बताउनुभयो । 

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो । मतदान अवधिभर जिल्लामा कतै पनि अप्रिय घटना भएनन् । 

१२ पालिकाका ९३ वडामा रहेका धेरैजसो मतदान केन्द्रबाट मतपेटिका केन्द्रमा सङ्कलन भइरहेका छन् । ९३ वडामा एक सय ४२ मतदान स्थल र दुई सय ७९ वटा केन्द्र थिए । जिल्लाभर दुई लाख २४ हजार दुई सय ७६ जना मतदाता रहेका छन् ।

मतगणना रातिदेखि सुरु गरिने

गुल्मीमा आज राति १० बजेदेखि नै मतगणना सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार जिल्लाका सबै पालिकाका केन्द्रमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेपछि रातिदेखि नै मतगणना सुरु गरिने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया