मकवानपुरमा मतगणना भएका धेरै पालिकामा गठबन्धन र हेटौंडामा एमाले अगाडि

 बैशाख ३१, २०७९ शनिबार १२:२३:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो पालिकामा गठबन्धनका उम्मेदवार अगाडि छन् । पहिलो सुरुवाती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । तर, हेटौंडा उपमहानगरपालिकामा भने गठवन्धनका उम्मेदवारलाई पछाडी पार्दै एमालेका उम्मेदवार झिनो मतले अगाडि देखिएका छन् ।

मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा सुरुवाती मतगणनामा गठबन्धन अगाडि देखिएको छ । 
हेटौंडा उपमहानगरपालिका वडा नम्‍बर १ को २४० मत गणना हुँदा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८० मत पाउनुभएकाे छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८४ मत तथा राप्रपाका दिपकबहादुर सिंहले ४७ मत ल्याउनुभएकाे छ ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १०५, नेकपा एमालेकी सुमित्रा काफ्लेले ९७ मत ल्याउनुभएकाे छ । वडा अध्यक्ष पदमा भने गठबन्धनका उम्मेदवार सविन न्यौपानेले ११० मत ल्याउँदा नेकपा एमालेका उत्तम पौडेलले १०७ मत ल्याउनुभएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २९२ मत खसेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया