रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।
निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको आरोप छ ।
एमालेका मतदाता र उम्मेदवारलाई हत्या र गिरफ्तार गर्ने, सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न प्रयास नगर्ने, बुथ कब्जा गर्ने तथा मतगणनाको क्रममा पनि गठबन्धनलाई फाइदा हुने गरी बदर मतलाई सदर गरेको, एमालेका प्रतिनिधि नै नराखेको लगायतका आरोप विज्ञप्तिमा उल्लेख छ ।
महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति यस्तो छ–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।