फर्जी मतको विषयमा विवाद हुँदा पाल्पाको रम्भामा प्रहरीकाे हवाइ फायर

 जेठ १, २०७९ आइतबार १९:२९:३६ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकामा आइतबार बेलुकी प्रहरीले हवाइ फायर गरेकाे छ । रम्भा ५ ताहुंमा भएको मतदानमा जम्मा खसेको मत भन्दा ७४ मत फर्जि भेटिएपछि भएको विवादमा प्रहरीले गोली चलाएको हो ।

आइतबार बिहान नेकपा एमाले विजय भएको घोषणा गरिए पनि गठबन्धनमा रहेका दलहरुले विरोध गरेपछि विवाद थपिएको हो । समस्या समाधानका लागी पटक पटक सर्वदलीय बैठक बसे पनि निचोड आएको छैन । गठबन्धनमा आवद्ध दलहरुले विज्ञप्ति निकालेर पुन: मतदान गर्नुपर्ने माग गरेका छन् ।

भिड नियन्त्रणका लागि प्रहरीले हवाइ फाएर र अश्रु्रग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया