गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी विजयी

 जेठ १, २०७९ आइतबार २०:३४:४५ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको अजिरकोट गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको छ । 

देवकोटाले तीन हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द गुरुङले तीन हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताउनुभयो ।  
उपाध्यक्षमा विजयी भुजेलले तीन हजार पाँच सय ३२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कांग्रेसकै इन्द्र गुरुङले तीन हजार तीन सय ६१ मत प्राप्त गर्नुभयो । 

यो पालिकाको पाँच वटा वडामध्ये तीन वटामा माओवादी केन्द्र र दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया