गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १०:२६:३० | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

आरुघाटमा कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी हुनुभएको हो । गुरुङ ५ हजार ५ सय ५६ मत र नेपाली ६ हजार ३ सय ३१ मतकासाथ विजयी हुनुभएको हो।

अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा विजयी नेपालीको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया