भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

 जेठ २, २०७९ सोमबार ११:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नु भएको छ । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उहाँ त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गर्नुभयो । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिनु भएको  थियो । मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्ने र त्यही होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया