अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
कालिकोट — कालिकोटको पलाँता गाउँपालिका अध्यक्षका माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर रोकाया विजयी हुनुभएकाे छ । रोकाया २ हजार २ सय ९२ मत ल्याएर विजयी हुनुभएकाे हाे । रोकायाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभयाे ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा १ हजार ७ सय ४३ मतका साथ माओवादी केन्द्रकै अलैपुरा जैसी विजयी हुनुभयाे । जैसीका प्रतिद्वन्द्वी नेकपा एमालेका जलसाकुमारी बुढाले १ हजार ५ सय २३ मत प्राप्त गर्नुभयाे ।
पलाँता गाउँपालिकाको वडा नं. १,२,३,४,६ र ८ मा माओवादी, ५ र ९ मा नेपाली कांग्रेस र ७ मा स्वतन्त्र उम्मेदवार उमेश बम विजयी हुनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।