गाेरखाकाे भीमसेन‍ थापा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ६:३५:२१ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा विजयी हुनुभएको छ ।

बञ्जाराले ५ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका रोशन गुरुङले ५ हजार १ सय ७६ मत प्राप्त गर्नुभयो ।

बञ्जारा अघिल्लो  पालिका चुनावमा पनि अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ कांग्रेसका ईश्वर पाण्डेसँग पराजित हुनुभएको थियो ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता वस्ती भट्ट ५ हजार १ सय ४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९ सय २७ मत प्राप्त गर्नुभएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया