ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ६:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी विजयी हुनुभएको छ । उहाँ तीन हजार ४५५ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रतिष्पर्धी नेपाल नेकपा एमालेकी कमला लामा तामाङले भने दुई हजार ८८७ मत प्राप्त गर्नु भएको छ । 

यस्तै, उपाध्यक्षमा भने माओवादी केन्द्रकी डोल्मा माया गोले विजयी हुनु भएको छ । उहाँ नेकपा एमालेका पुरुषोत्तम हुमागाईँलाई तीन सय ६५ मतले पछि पार्दै विजयी हुनु भएको हो । 

माओवादी केन्द्रकी गोलेको तीन हजार १५२ मत छ भने एमालेका हुमागाईँको दुई हजार ७८७ मत छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया