रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार ७:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।  

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो । 

अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्रा, वडा नम्बर ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, वडा नम्बर ४ मा कांग्रेसका ज्ञानी वाइबा, वडा नम्बर ५ मा कांग्रेसका श्याम बहादुर थिङ र वडा नम्बर ६ मा एमालेका योनुर्पु तामाङले जित हासिल गरेका छन् । 

 

अन्तिम अपडेट: जेठ १४, २०८०

तपाईको प्रतिक्रिया