गुल्मीकाे मालिका गाउँपालिकाकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ७:४१:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका  देविराम अर्याल र उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्याल विजयी हुनुभएको छ  ।  

पालिका अध्यक्षका उम्मेदवार अर्यालले ६ हजार १ सय ७६ मत प्राप्त गरी विजयी बनेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षका प्रत्यासी एमालेका रितबहादुर थापाले ४ हजार ६ सय १७ मत प्राप्त गर्नु भएको थियो । 

पालिका उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा रनमाया पुनले ४ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया