म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

 जेठ ३, २०७९ मंगलबार ९:३५:१६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा सत्तापक्षीय गठबन्धन विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुनले ३ हजार १ सय २३ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका थमसरा पुनले २ हजार ५ सय ४८ मत पाउनुभएको छ । 
    
यसैगरी पालिकाको उपाध्यक्षमा पनि सत्तापक्षीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेशम पुनले २ हजार ८ सय १२ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रगति कार्कीले २ हजार ६ सय १८ मत पाउनुभएको उहाँले बताउनुभयो । 

जम्मा ७ वटा वडा रहेको धवलागिरीमा एमालेले ३, कांग्रेस र माओवादी केन्द्रले २/२ वडामा जित हासिल गरेका छन् । 

वडानम्बर १ गूर्जामा गठबन्धनबाट माओवादीका झकबहादुर छन्त्याल, २ लुलाङमा एमालेका अकप्रसाद विक, ३ मुनामा कांग्रेसका देवेन्द्र रोका, ४ मुदीमा एमालेका यामबहादुर घर्ती, ५ मल्कबाङमा कांग्रेसका अमर छन्त्याल, ६ मराङमा एमालेका राजाराम उपाध्याय र ७ ताकममा माओवादीका अशोक खत्री विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया