गुल्मीको कालीगण्डकी गाउँपालिकामा कांग्रेसका थापा विजयी

 जेठ ३, २०७९ मंगलबार १०:१२:५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली  कांग्रेसका बेद बहादुर थापा र उपाध्यक्षमा मञ्जु कुमारी दर्लामी विजयी बन्नु भएको छ ।

कांग्रेसको तर्फबाट पालिका अध्यक्षका उमेदवार थापाले ४ हजार ८ सय १० मत प्राप्त गरी विजयी बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षका प्रत्यासी एमालेका रामजी ढकालले ४ हजार ६  सय ७७ मत प्राप्त गर्नु भएको छ । 

पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जु कुमारी दर्लामीले ४ हजार ४ सय ८४ मत प्राप्त गरि विजयी बन्नु भएको हो । उपाध्यक्षकी प्रत्यासी राष्ट्रिय जनमोर्चाको तर्फबाट तारा थापाले ४ हजार ३ सय ८४ मत प्राप्त गर्नु भएको थियो ।
 

अन्तिम अपडेट: चैत २२, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया