मतान्तर बढाउँदै बालेन शाह, केशव स्थापित ५ हजारभन्दा धेरै मतले पछाडि

 जेठ ३, २०७९ मंगलबार ११:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाले मतान्तर बढाउँदै जानु भएको छ ।

बिहान पौने ११ बजेसम्मको मत परिणामअनुसार शाहले ५ हजार १० मतले एमालेका उम्मेदवार केशव स्थापितलाई पछाडि पार्नु भएको छ ।

ताजा मत परिणाम अनुसार महानगरको २६ हजार ६ सय ७८ मत गनिसक्दा शाहले १० हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको छ ।

एमालेका  मेयर उम्मेदवार केशव स्थापितले अहिलेसम्म ५ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सि‌ंहले ५ हजार ७४ मत प्राप्त गर्नु भएको छ  ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया