पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार ११:२७:५० | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको महाशिला गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । 

एमालेको उम्मेदवार इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बन्नुभएको अशोक उचै ठकुरीलाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
एमालेका भूसालले ठकुरीलाई ४ सय ४० मतान्तरले हराउनु भएको हो । 

भुसालले २७४३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी  ठकुरीले २३०६ मत प्राप्त गर्नुभयो ।  

यसैगरी गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका एकिकृत समाजवादीका विराज हमाललाई ७ सय ३७ मतान्तरले पछि पार्दै एमालेकी धनसुवा विक उपाध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा विकले २७०६ मत ल्याउँदा समाजवादीका हमालले १९६९ मत प्राप्त गर्नुभएको छ । 

६ वटा वडा रहेको महाशिलामा वडा नं ५ लुंखुमा गठबन्धनको तर्फबाट कांग्रेस विजयी भएको छ भने अन्य ५ वडाहरुमा एमालेले प्यानल सहित विजयी भएको हो । 
तस्विर अध्यक्ष इश्वरी भूसाल र उपाध्यक्ष धन

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया