गुल्मीको मुसिकोट नगरपालिकामा एमाले  विजयी

 जेठ ३, २०७९ मंगलबार ११:५९:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका जिवलाल खरेल जीवन  र गंगा श्रेष्ठ विजयी हुनु भएको छ ।
     
खरेलले  ७ हजार ३ सय ९९ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६५ मत प्राप्त गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
     
उपमेयर श्रेष्ठले ७ हजार ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी एकीकृत समाजवादीका श्रीराम महतले ६ हजार ३ सय २३ मत प्राप्त गर्नु भएको हो ।     

जिल्लाका १२ स्थानीय तहहरु मध्ये गुल्मीमा सबै तहको मतगणना सम्पन्न भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया