सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १६:४७:४१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – त्रिपुरासुन्दरी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार दुई सय २९ मतसहित विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ पाैडेलले ३ हजार दुई सय ६७ मत ल्याउनुभयाे । 

उपाध्यक्षमा कांग्रेसकी गीताकुमारी नेपाल चार हजार एक सय ५६ मतसहित विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले तीन हजार आठ सय ८९ मत ल्याउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया