दिपायल सिलगढी नगरपालिकाकाे मेयर/उपमेयर दुवैमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १७:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बाजीसिंह खड्का र उपमेयरमा कांग्रेसकै कलावती महर विजयी हुनुभएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार खड्काले पाँच हजार एक सय ३८ मत र उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मण मलासीले तीन हजार पाँच सय १५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा कांग्रेसका महरले चार हजार सात सय ६८ मत र उहाँका प्रतिस्पर्धी एमालेका रुपा कठायतले चार हजार एक सय २९ मत प्राप्त गर्नुभएको छ ।

नौ वटा वडामध्ये कांग्रेसले ५, एमाले २, माओवादी १ र स्वतन्त्र उम्मेदवारले एउटा वडाको अध्यक्ष जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया