पाल्पाको तानसेनमा मेयर कांग्रेस र उपमेयरमा माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १८:३८:४६ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ मेयर पदमा विजयी  हुनुभएको छ । यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी हुनुभयो ।

पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गर्नुभएको छ ।  

उपप्रमुखमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गर्नुभयो । १४ वडा रहेको तानसेन नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर ८, ९, १० र १४ मा नेकपा एमाले र  वडा नम्बर १३ मा नेकपा माओवादी केन्द्रले जितेको छ ।  कुल ३३ हजार ७ सय ६९ मतदाता रहेको तानसेनमा २३ हजार २ सय ५३ मत खसेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया