गाेरखाकाे धार्चे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १८:४९:३७ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ र उपाध्यक्षमा पनि माओवादीकै सुनिता गुरुङ विजयी हुनुभएको छ । 

गुरुङले तीन हजार सात सय ७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तबहादुर गुरुङले एक हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपाध्यक्ष्मा विजयी सुनिता गुरुङले तीन हजार सात सय ८२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसकै फूलमाया गुरुङले एक हजार नौ सय ७६ मत प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया