कालीकाेटकाे नरहरिनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्ट विजयी

 जेठ ३, २०७९ मंगलबार १९:७:३९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर विष्ट र उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाह विजयी हुनुभएको छ । 

अध्यक्षमा कांग्रेसका उम्मेदवार विष्टले दुई हजार ६ सय ३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका धिरबहादुर विष्टले दुई हजार चार सय ४५ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाहले दुई हजार नौ सय १७ र उहाँका प्रतिस्पर्धी कांग्रेसका सीता रावलले दुई हजार दुई सय ८३ मत प्राप्त गर्नुभएको छ । 

गाउँपालिकाकाे नौ वटा वडामध्ये चार वटामा माओवादी, दुई वटामा कांग्रेस, दुई वटामा एमाले र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया