मकवानपुर: मकवानपुरगढी र राक्सिराङमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ३, २०७९ मंगलबार २२:१:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - पालिका चुनाव अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा  कांग्रेस, माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज मंगलवार बेलुकी सम्पन्न मत परिणामअनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित हुनुभएको छ ।

दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी उपाध्यक्षमा नेपालीले ६ हजार १ सय १० मत प्राप्त गर्दा एमालेकी थिङले ५ हजार २‌सय ४ मत प्राप्त गर्नुभयो ।

यस्तै मकवानपुरकै राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित हुनुभयो । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया