भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी

 जेठ ४, २०७९ बुधबार ६:२२:२५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – खुट्टामा पैसा राखेर ढोग्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी हुनुभएको छ ।

उहाँले १ हजार ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याउनुभएको छ । 
मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो । 

खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो । विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

चितबुझ्दो स्पष्टीकरण दिएपछि आयोगले उहाँलाई कारबाही नगरेको हो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया