पाल्पाको बगनासकाली गाउँपालिकामा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार ८:१३:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेद्धार निवर्तमान पालिका उपाध्यक्ष समेत रहनुभएकी सरस्वती चिदी अध्यक्ष पदमा विजयी हुनुभएको हो । 

अध्यक्ष चिदिले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभयो । 

पालिका उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।  

९ वडा रहेको बगनासकाली गाउँपालिकामा ६ वटामा नेकपा एमाले विजयी भएको छ भने ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बगनासकालीमा यस अघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया