नेपालगञ्ज उपमहानगरमा गठबन्धन अगाडि

 जेठ ४, २०७९ बुधबार १०:१४:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ ।

१४ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १३ हजार ५ सय ४७ मतसहित अगाडि हुनुहुन्छ ।

एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३ सय ९७ मत ल्याउनु भएको छ ।

राप्रपाका नन्दलाल वैश्यले ५ हजार ३ सय ४५ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १० हजार ८ सय ४१ मतसहित अग्रस्थानमा हुनुहुन्छ । राप्रपाका विन्दु चर्तीमगरले ६ हजार ९ सय ७१ पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया