भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।
ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५ सय ३७ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि हुनुुहुन्छ ।
स्थापितले अहिलेसम्म ८ हजार ५ सय ४८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ६ सय ९० मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेकी सुनिता डङ्गाेलले १५ हजारभन्दा धेरै मत प्राप्त गर्नु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार डङ्गोलले १५ हजार ६ सय ७३ मत पाउनु भएको छ । उहाँ गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा १० हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।
श्रेष्ठले अहिलेसम्म ५ हजार १५ मत मात्र प्राप्त गर्नु भएको छ । महानगरको ४२ हजार २ सय ६९ मत गणना भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।