पाँचथरको याङवरक गाउँपालिकामा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १३:१६:९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

६ वटा वडा रहेको याङवरकमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा विजय हासिल गरेको हो ।

अध्यक्ष पदमा एमालेका भिमबहादुर योङयाले ४११८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका मविन्द्र योङयाले ४०३८ मत प्राप्त गर्नुभयो । 

यस्तै उपाध्यक्षमा एमालेकै बाबा मेन्याङ्बो विजयी हुनुभएको छ । मेन्याङ्बाेले ३९९८ मत सहित विजयी हुँदा गठबन्धनकातर्फबाट माओवादीका अर्जुन बेघाले ३६७९ मत प्राप्त गर्नुभयो ।

याङवर गाउँपालिकाको वडा नं १, ३, ५ मा एमाले तथा २, ४, ६ मा गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया