मतपेटिकाको सिल चुँडिएको पाइएपछि पालुङटार नगरपालिकाको मतगणना स्थगित

 जेठ ४, २०७९ बुधबार १४:५७:१८ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि गणना स्थगित भएको हो ।

मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृतले यसबारेमा उम्मेद्वारहरुसँग छलफल गरिरहेका छन् ।

निर्वाचन आयोगका एक पूर्व  अधिकारीहरुका अनुसार चारमध्ये एउटा सिलमा त्रुटी भेटिँदैमा शंका गर्नु पर्ने कारण रहँदैन । उहाँले भन्नुभयाे, ‘सबै सिल चुस्त दुरुस्त हुन सकेको भए धेरै राम्रो तर चारमध्ये एउटा सिलमा समस्या हुँदैमा मतपेटिकामै गडबड भयो कि भन्ने आशंका गर्नु हुँदैन, चारवटै सिल काटेपछिमात्रै पेटिका खोल्न सकिन्छ ।’

जिल्लाका कतिपय मतदान अधिकृतहरुले यो पटक सुरक्षण सिल पहिलेको भन्दा अलि कमजोर रहेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • मुक्ति नेपाली

    May 18, 2022, 3:01 p.m.

    माओवादी अघि लागेपछि अत्तालिए सबैजना

  •  0 Reply

तपाईको प्रतिक्रिया