बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार एक सय १३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।
पाण्डेयले १५ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले १० हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म ११ हजार सात सय २६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङले आठ हजार ६ सय १७ मत प्राप्त गर्नुभएकाे छ ।
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९ काे मतगणना सकिएकाे छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।