काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - पाँचौं ढोरपाटन राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित हात पार्दै पाल्पा र ढोरपाटन भलिबल क्लब क्वार्टर फाइनलमा पुगेका छन् ।
एपीएफ क्लब र बडिगार्ड क्लब पनि अन्तिम आठमा पुग्न सफल भएका छन् ।
समूह डी अन्तर्गतको खेलमा पाल्पाले चितवन टागर्सलाई ३–१ को सेटमा हराउँदै समूह उपविजेताका रुपमा क्वार्टर फाइनलमा पुग्यो । पहिलो सेट २२–२५ ले गुमाएको पाल्पाले पछिल्लो तीन सेटमा २५–१७, २५–२१ र २५–१९ को जित निकाल्यो ।
यस्तै एपीएफले सुर्योदय क्लबलाई ३–० को सेटमा हराउँदै समूह बीको विजेता बन्यो । एपीएफले सुर्योदयलाई २५–४, २५–१४ र २५–१० ले हराएको थियो ।
यसै समूहबाट बडिगार्ड क्लब उपविजेता बन्यो । अन्तिम खेलमा बडिगार्डले ग्लेसियर कलेजलाई २५–२३, २५–१५ र २५–२१ ले पाखा लगायो । ढोरपाटन प्रशिक्षण क्लब र बुढानिलकण्ठले भने वाकओभर पाउँदै आ–आफ्नो समूहको उपविजेता बने ।
यसअघि समूह ए बाट गीताञ्जली कलेज, समूह सीबाट थ्रीस्टार एकेडेमी र समूह डी बाट गण्डकी प्रदेश क्वार्टर फाइनलमा पुगिसकेका छन् ।
प्रतियोगिताको क्वार्टर फाइनल खेल बिहीबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।