रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १७:३१:५० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो ।

उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे । उहाँकी प्रतिद्वन्द्वी माओवादीकी सुन्दरी गिरिले ७ हजार २९० मत ल्याउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया