महाबै गाउँपालिका अध्यक्षमा माओवादीका 'भिजन' सिंह विजयी

 जेठ ४, २०७९ बुधबार १८:२७:४२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – महाबै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेमबहादुर सिंह (भिजन) विजयी हुनुभएको छ । भिजनले दुई हजार दुई सय ७४ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मातृका सिंहले एक हजार एक सय ३९ मत पाउनुभयो । 

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी हुनुभएको छ । सेजुवालले दुई हजार दुई सय ७१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका सृजन शाहीले आठ सय २१ मत प्राप्त गर्नुभयो । 

महाबै गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया