साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
विषाक्त रक्सी खाएर अन्य ६ जनाको ज्यान गएको पुष्टि भएको छ । मलेसियाको क्लाङ उपत्यकामा अन्य दुईजनाको निजी अस्पतालमा ज्यान गएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्योसहित २१ जनाको बिशाक्त रक्सीका कारण ज्यान गएको छ । त्यस्तै तीन प्रकारका रक्सीमध्ये ग्राण्ड रोयल हुइस्कीमा विषाक्त पदार्थ भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो रक्सी त्यहाँको खाद्य ऐन १९८३ अनुसार उत्पादन नभएको पनि पाइएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार २१ जनाको ज्यान गएको आधिकारिक जानकारी गराएको छ तर निजी अस्पतालबाट सबै तथ्यांक नआएको जनाइएको छ ।
विषाक्त रक्सीका कारण अझै धेरैको ज्यान जान सक्ने पत्रकार सम्मेलनमा त्यहाँको मन्त्रालयले जनाएको छ । मंगलबार विषाक्त रक्सीका कारण ५१ जनामा असर परेको जनाइएको थियो । त्यसमा १९ पुरुषको ज्यान गएको र अन्य १४ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको थियो । त्यहाँको मन्त्रालयका अधिकारीहरुका अनुसार खाद्य सुरक्षा तथा गुणस्तरीय विभागले ती रक्सीको नमुना परीक्षण गरेको जनाएको छ ।
बिरामी तथा ज्यान गएकाहरुले ग्राण्ड रोयल ह्विस्की, मण्डला ह्विस्की तथा किङ फिसर बियर खाएका थिए । तर परीक्षण गर्दा ग्राण्ड रोयल ह्विस्कीमा विषाक्त पदार्थ भेटिएको तथा त्यहाँको खाद्य ऐन १९८३ अनुसार उत्पादन नगरिएको पाइएको त्यहाँकोे मन्त्रालयले जनाएको छ ।
विषाक्त रक्सीका कारण ६ जना नेपालीको ज्यान गएको छ । बिरामी परेर अस्पताल भर्ना भएका चार जना उपचारपछि डिस्चार्ज भएका छन् भने १२ जना नेपाली कामदारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।