एमालेकी हिरादेवी पर्वतको पहिलो महिला प्रमुख

 जेठ ४, २०७९ बुधबार १९:४४:२९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतका सात पालिका तहमध्ये पहिलो महिला प्रमुखका रुपमा नेकपा एमालेकी हिरादेवी शर्मा विजयी हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङकी शर्मा मोदी गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो ।

शर्मा संघीय संरचनापछि पहिलोपटक महिला प्रमुखका रुपमा निर्वाचित हुनुभएको हो । शर्माले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर हमालले ४ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार बिमल लामिछाने विजयी हुनुभएको छ । लामिछानेले ६ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईले ४ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

१९ हजार ६ सय ७ मतदाता रहेको मोदी गाउँपालिकामा यस पटकको पालिका तहको चुनावमा ६४ दशमलव ११ अर्थात् १२ हजार ५ सय ७० मत खसेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया