धरानमा स्वतन्त्र उम्मेदवार राईलाई १४ मतकाे अग्रता

 जेठ ४, २०७९ बुधबार २०:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा फेरि स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) ले अग्रता लिनुभएकाे छ । 

ताजा मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले आठ हजार १ सय ४० मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका किशाेर राईले पछ्याइरहनुभएकाे छ । राईले आठ हजार एक सय २६ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी मञ्जुदेवी भण्डारीले ६ हजार सात सय १३ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले नाै हजार एक सय ३५ मतका साथ अग्रता लिइरहनुभएकाे छ । उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले आठ हजार आठ सय ५१ मत पाउनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manoj Rijal

    May 18, 2022, 8:24 p.m.

    धरानका कयौं गल्लीमा घामपानी नभनी पागल झैं एक्लै भासण गरिरहने, जनतालाइ सचेत गराइरहने यी हर्क हर्क साङ्गपाङ्ग राइ उज्यालो वा अन्य मुल्धारका संचारमा विरलै अटाए । आज यिनै साङ्गपाङ्गको तस्विर( स्रोत उल्लेख नगरी) राखेर TRP बढाउने दाउमा उज्यालोलाई देख्दा कुरिकुरी भन्न मन लाग्यो । #IamwithHarkaSangpang

  •  0 Reply

तपाईको प्रतिक्रिया