हेटौंडामा एकीकृत समाजवादीकाे निरन्तर अग्रता, राप्रपाका सिंह पछ्याउँदै

 जेठ ४, २०७९ बुधबार २०:२७:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले निरन्तर अग्रता बनाउनुभएकाे छ । उहाँले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याउनुभएकाे छ ।

मेयर पदमा ४२ हजार १९० मत गणना सकिँदा लामाले १३ हजार ६९८ मत प्राप्त गर्नुभएकाे हाे । यस्तै राप्रपाका उम्मेदवार सिंहले १३ हजार ६२ मत पाउँदा एमालेका उम्मेदवार अनन्त पौडेल १२ हजार ६०१ मत पाउनुभएकाे छ ।

यसैगरी उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले २० हजार ६०६ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया