पर्वतको कुश्मा नगरपालिकाकाे मेयरमा कांग्रेस तथा उपमेयरमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ९:११:३३ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको कुश्मा नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेका स्वस्थानी रिजाल विजयी हुनुभएको छ । 

मेयरमा विजयी जोशीले ९ हजार ८ सय ६४ मत ल्याउनुभयो भने उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेल ९ हजार ८९ मत ल्याउनुभयो ।

त्यसैगरि उपमेयरमा विजयी स्वस्थानी रिजालले ९ हजार ९२ मत ल्याउनुभएको छ भने उहाँकाे प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार शंकर गिरीले ८ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको कुश्मा नगरपालिकामा ५ वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ भने अन्य ८ वडामा कांग्रेस वडाध्यक्षमा विजयी भएको छ । १ वडामा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया