५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिक : कांग्रेसकाे २ सय ४६, एमालेकाे १ सय ५७ र माओवादीकाे १ सय २

 जेठ ५, २०७९ बिहिबार १२:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो।

कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ नगरपालिकाको मेयर र १ सय ६३ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । 

यस्तै, कांग्रेसले ६४ वटा नगरपालिकाको उपमेयर र १ सय ६८ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय ३२ वटा पालिकामा जितेको हो । कांग्रेसले २ हजार २ सय २४ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले 
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५१ वटा नगरपालिकाको मेयर र १ सय ६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ५७ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, एमालेले ६३ वटा नगरपालिकाको उपमेयर, १ सय ४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ६७ वटा जितेको छ । एमालेले एक हजार ७ सय ५९ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी 
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ ।

माओवादी केन्द्रले २५ वटा नगरपालिकाको उपमेयर, ८५ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १० वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय २९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ पालिकामा मेयर तथा अध्यक्ष जितेको छ । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले १७ वटा पालिकामा जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १२ वटामा उपाध्यक्ष जितेको छ । जसपाले २ सय वडामा अध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी २० वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् भने १४ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । स्वतन्त्र तथा अन्य गरी ४ सय ७५ वडामा अध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगको विवरण छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया