बुटवल : मेयरमा गठबन्धन, उपमेयरमा एमाले अगाडि

 जेठ ५, २०७९ बिहिबार १९:५६:२३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार चार सय ८३ मतकाे अग्रता लिइरहनुभएकाे छ । 

पाण्डेयले २० हजार एक सय ९० मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १४ हजार सात सय सात मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मृगेन्द्रकुमार शेरचनले तीन हजार एक सय ६८ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म १६ हजार ८८ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ११ हजार ६ सय २०मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया