स्राेत/साधनकाे भरपुर प्रयाेग गरेर उत्पादन बढाउने कुरा बजेटकाे प्राथमिकतामा : मन्त्री शर्मा

 जेठ ५, २०७९ बिहिबार २०:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री शर्माले देशमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादकत्त्व बढाउनुपर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यतातिर रहेको बताउनुएकाे छ ।अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बाेल्दै यस्ताे बताउनुभएकाे हाे ।

मन्त्री शर्माले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताउनुभयो । अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकूलता रहेकाले अनकूलतालाई प्रयोग गरेर देशको गरबी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताउनु भयो ।

‘हामी सबैको चाहाना आवाज एउटै छ । हामीलाई समृद्धि चाहिएको छ । हामीलाई समाजवाद उन्मुख अर्थतन्त्र चाहिएको छ। संघीयतालाई समृद्ध बनाउनु पर्ने आवश्यकता र उत्पादन वृद्धि गर्नुपर्ने छ । यी सबै हामी सबैका चाहानाहरु हुन्। तर यसले राष्ट्रिय सहमति र संकल्पको माग गर्दछ ।  आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोच्ने राष्ट्रिय संकल्पको खाचो छ' उहाँले भन्नुभयो, 'हामीसँग उपलब्ध स्रोत र साधनहरु जे प्राप्त छन् । सबै कुराले नेपाललाई अनकूलता नै अनकूलता छ । यो अनकूलतालाई प्रयोग गरेर देशको गरिबी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सक्छौं ।’

अर्थमन्त्री शर्माले नेपाल स्रोत साधनले धनी भएकाले त्यसको भरपुर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानुपर्ने अहिलेको आवश्यकता रहेको पनि औँल्याउनुभयो । उहाँले अब कुन क्षेत्रमा लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो दिनुपर्ने बेला आएको बताउनु भयो । अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराउनु भयो । उहाँले पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्येक्ष प्रभावका नेपालको अर्थतन्त्र परेको बताउनु भयो ।

यस्तै अर्थमन्त्री शर्माले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताउनु भयो । उहाँले अघिल्लो सरकारले ल्याएको १४ सय वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताउनु भयो । उहाँले त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताउनु भयो । अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताउनु भयो । उहाँले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया