सुनचाँदीको भाउ आज स्थिर
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - काठमाण्डाैका ११ वटा पालिकामध्ये तीन वटा पालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ ।
काठमाण्डाै महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र नागार्जुन नगरपालिकाको मत गणना कार्य निरन्तर चलिरहेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा रहेको ९ वटा वडामा अहिले वडा नम्बर ५ को मतगणना भरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की १० हजार ४ सय ६७ मतसहित अगाडि हुनुहुन्छ । उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा ९ हजार दुई सय ९६ मतसहित अग्रस्थानमा हुनुहुन्छ।
यस्तै, नागार्जुन नगरपालिकाकाे भने वडानम्बर ५ र ६ को मतगणना गर्न बाँकी छ । ताजा मतपरिणाम अनुसार नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत ७ हजार ७ सय २२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यस्तै, उपमेयरमा भने एमालेकी शुशीला अधिकारी ७ हजार ७७ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ ।
यस्तै, ६ वटा पालिका रहेको ललितपुरमा दुई वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मत गणनाको अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन आयाेगले जनाएकाे छ ।
महालक्ष्मी नगरपालिकाको वडानम्बर ५, ६, ७ को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । ताजा मतपरिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि छ । मेयरमा एमालेका हरि गोविन्द श्रेष्ठ ६ हजार ६ सय ८६ मतसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा पनि एमालेकै विणा सुवेदी ६ हजार ८ सय मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ ।