पिप्लामोडमा पहिरो, नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडीको लाम

 जेठ ६, २०७९ शुक्रबार ७:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले गाडीको लामो लाइन छ ।

बिहान यो सडक खण्ड अन्तर्गतको पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित भएको हो ।

बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । एकतर्फी सडक खुलाएर गाडी पास गराइरहेको प्रहरीले जनाएको छ ।

पहिरो हटेपछि दुईतर्फी नै सडक खुल्ने छ । मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजाराैँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया