पहिरो हटाए पछि नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै सञ्चालन

 जेठ ६, २०७९ शुक्रबार ९:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुङ्गामा गाडी चापमा चलिरहेका छन् ।

बिहानै परेको  वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेपछि गाडीको चाप बढेको हो ।

अहिले पहिरो पन्छाएर दुईतर्फी नै सडक खुलाएको प्रहरीले जनाएको छ । तर, गाडीको सङ्ख्या धेरै रहेकाले चाप भने परेको छ ।

मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजारौँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ ।
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया