भरतपुर महानगरमा रेनु दाहालको मतान्तर थोरैले घट्यो

 जेठ ६, २०७९ शुक्रबार ९:४९:१७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले २० हजार ७ सय ३९ मत पाउनु भएको छ ।  

एमालेका उम्मेदवार विजय सुवेदीको १७ हजार ४ सय ९९ मत छ ।

पछिल्लो मत परिणामअनुसार दाहाल सुवेदीभन्दा ३ हजार २ सय ४० मतले अगाडि हुनुहुन्छ ।

बिहान दाहाल ३ हजार ३ सय ३५ मतले अगाडि हुनुहुन्थ्यो ।

भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म ७ हजार ९ सय ५६ मत पाउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २३ हजार १ सय ८८ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार हिमला गुरुङले १३ हजार ८ सय ९३ मत ल्याउनु भएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया