काठमाण्डौमा बालेन साह १२ हजार ३ सय ८६ मतले अगाडि

 जेठ ६, २०७९ शुक्रबार १०:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरको ताजा मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

उहाँ एमालेका केशव स्थापितभन्दा १२ हजार ३ सय ८६ मतले अगाडि हुनुहुन्छ । 

स्थापितले १४ हजार ७ सय १ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ । 

अहिलेसम्म काठमाण्डौमा ७२ हजार ७ सय ९ मत गणना भइसकेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया