सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादीका रमेश बुढाथोकी निर्वाचित

 जेठ ६, २०७९ शुक्रबार १०:५८:१८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) निर्वाचित हुनुभएको छ ।  

उहाँले  ७ हजार २ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेश प्रसाईंले ६ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएको हो। त्यसैगरी  उपमेयरमा  नेकपा एमालेका हरिमाया घलान ६ हजार ८ सय ५५  मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उपमेयर घलानका निकटतम प्रतिस्पर्धी नेकपा  माओवादी केन्द्रका उम्मेदवार पद्मा मोक्तानले ५ हजार ३ सय २१ प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया