अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
धादिङ - धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।
थाक्रे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्य २ हजार २ सय ३९ मतको अन्तरमा विजयी हुनुभएको हो। आचार्यले १० हजार ३ सय ५५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद बिडारीले ८ हजार १ सय १६ मत प्राप्त गर्नुभयो ।
यसैगरी, गाउँपालिका उपाध्यक्षमा पाँच दलीय गठबन्धनकातर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले विजयी हुनुभयो । एमालेकी उम्मेदवार अम्बिका रुपाखेतीलाई ३ सय ४० मतले हराउँदै उहाँ विजयी हुनु भएको हो । थापाले ९ हजार ४ सय ३१ मत प्राप्त गर्नुभयो भने रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गर्नुभयो।
योसँगै धादिङको २ नगरपालिका, ११ गाउँपालिका र १ सय ४ वडाको नतिजा आएको छ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।