बाँकेको जानकी गाउँपालिकामा कांग्रेस विजयी

 जेठ ६, २०७९ शुक्रबार १३:५६:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको जानकी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  

अध्यक्षमा कांग्रेसका छब्बन खाँ ६ हजार ६ सय ५३ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिमांशु यादवले चार हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार नाै सय ३८ मत प्राप्त गर्नुभयाे ।  

खाँ २०७४ सालमा भएको पालिका चुनावमा नेकपा एमालेका राम निवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । 

यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रामप्यारी यादव ६ हजार नाै सय नाै मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्की एमालेकी भूमिसरा धितालले तीन हजार चार सय ५६ र नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार दुई सय २९ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया